२०८३ जेठ १९ , मंगलबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णयहरू

Balen-Cabinet-First-Meeting-Photo-RSS-1024×684-1-768×512

 

सुनाखरी न्युज/ काठमाडौं 

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको बैठकका ४ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका पोखरेलका अनुसार, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरीको एआईजीमा अञ्जनी कुमार पोखरेललाई नियुक्त गर्ने निर्णय भएको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार यस्ता छन् निर्णयहरू

– भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्कोटा, कास्की तथा सदस्य पदमा अमिर प्रसाद न्यौपाने, काठमाडौं र पद्मनिति        सोतिल लमजुङ र डा. रोहना श्रेष्ठ, काठमाडौंलाई नियुक्त गर्ने ।

–सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने ।

-युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम  (यूएनडीपी) बाट ओजन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मन्ट्रियल       प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।

-२०८० साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिनले थप गर्ने ।