
सुनाखरी न्युज/ काठमाडौं ।
सुनचाँदीको भाउ मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ सय रुपैयाँ र चाँदी ५० रुपैयाँ बढेको हो ।
आजका लागि महासंघले सुनको भाउ प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १० हजार ९ सय रुपैयाँ थियो ।
बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको थियो ।
आज चाँदीको भाउ तोलामा ५० बढेको छ । अघिल्लो दिन ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४०५ रुपैयाँ कायम भएको छ ।