
सुनाखरी न्युज/ काठमाडौं ।
सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन ( आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ निष्काशन तथा बाँडफाँड गरिसकेपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।यस निष्काशनमा जेठ २१ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्युनतम न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्।
यस कम्पनीले बझांगमा ३४. ४६ मेगावाटको अपर कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन देखि व्यापारिक उत्पादन गरिरहेको छ। उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार १ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालेको छ।