२०८३ जेठ १८ , सोमवार

प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति चौतर्फी आलोचना

balen-1-1

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भएको छ।संसदको रोष्ट्रमबाट उनले ‘भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी विरोध सुरु भएको हो। आज सोमबार बसेको विपक्षी दलहरूको आकस्मिक बैठकले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको छु भनी दिएको अभिव्यक्ति कूटनीतिक र राष्ट्रिय स्वार्थविपरीत भएको ठहर गरेको छ।

प्रतिपक्षले प्रधानमन्त्रीले उक्त अभिव्यक्तिप्रति संसद् र देशवासीसामु माफी मागेर तुरुन्त फिर्ता लिनुपर्ने सर्वसम्मत निष्कर्ष निकालेको हो।यस्तै, नेपाली कांग्रेसकी सचेतक निश्कल राईले पनि प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर उल्लेख गरे ।

उनले सरकारले यो विषयको सत्यतथ्य के हो भन्नेबारे आम जनतालाई स्पष्ट रूपमा जानकारी दिनुपर्ने मागसमेत गरेका छन् । आलोचकहरूले प्रधानमन्त्रीले कुनै तथ्य वा प्रमाणबिना नेपालको स्थापित अडान कमजोर बनाउने टिप्पणी गरेको बताएका छन्। उनीहरूले यस्तो संवेदनशील विषयमा सरकार प्रमुखले जिम्मेवार अभिव्यक्ति दिनुपर्ने धारणा राखेका छन्।