२०८३ जेठ १८ , सोमवार

१ करोड सम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता हो, यो सबैले स्वीकार गर्नुपर्छ : अर्थमन्त्री वाग्लेले

1780298192_swarnim-1536×1024

सुनाखरी न्युज/ काठमाडौं ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले १ करोड रुपैयाँसम्मका विद्युतीय गाडी प्रयोगलाई विलासिताको रूपमा लिनुपर्ने बताएका छन्।‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उहाँले विद्युतीय गाडीमा कर पुनर्संरचना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

विद्युतीय गाडीको प्रयोग विस्तार भएको उल्लेख गर्दै ५० लाख रुपैयाँसम्मका गाडीमा मूल्य घट्ने दाबी गरेउनका अनुसार केही वर्षअघि विद्युतीय गाडीको प्रयोग बढाउन सरकारले विभिन्न छुट दिएको भए पनि अहिले आवश्यकता अनुसार कर प्रणाली समायोजन गरिएको हो।

उहाँका अनुसार प्रधानमन्त्रीको निर्देशनअनुसार ५० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीमा कर नबढाउने नीति अपनाइएको हो भने त्यसभन्दा माथिका सवारीमा कर समायोजन गर्दा आम उपभोक्तामा ठूलो असर नपर्ने आकलन गरिएको छ।

विद्युतीय गाडी आयातमा किलोवाट (kW) का आधारमा कर निर्धारण गर्दा विभिन्न जटिलता देखिएको र महालेखापरीक्षकको कार्यालयबाट समेत प्रश्न उठेपछि अब मूल्यका आधारमा कर निर्धारण गर्ने व्यवस्था ल्याइएको बताउनुभयो। यसबाट अटो व्यवसायीलाई समेत सहजता हुने उहाँको भनाइ थियो।