२०८३ जेठ १८ , सोमवार

रवि लामिछाने पाँच दिने भ्रमणका लागि भारत प्रस्थान

ravi Lamichane

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा)  का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार भारततर्फ प्रस्थान गरेका छन्।भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ताहरू गर्ने कार्यक्रम तय भएको छ।

पाँच दिनको भ्रमण तालिका पूरा गरी उनी जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहनेछन्।

उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।