
सुनाखरी न्युज/ काठमाडौं ।
सामाजिक सञ्जालमा ‘ग्याङ फाइट’ भएको भिडियो देखेपछि खटिएको प्रहरी टोलीले झै–झगडामा संलग्न २५ जनालाई पक्राउ गरेको छ। सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ( डीएसपी) रमेशबहादुर पालका अनुसार ‘किङ अफ बलान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’लगायतका नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमार्फत समूह निर्माण गरी गालीगलौज, धम्की तथा उच्छृङ्खल गतिविधि प्रदर्शन गर्ने गरेका थिए ।
ती युवाहरूले बिना हेल्मेट, आवश्यक कागजपत्रविनाका तथा नम्बर प्लेट नभएका मोटरसाइकल प्रयोग गर्दै राजमार्गमा होहल्ला गर्ने, एकै मोटरसाइकलमा तीनदेखि चार जनासम्म सवार हुने तथा ट्राफिक नियमको खुला उल्लङ्घन गरी सामाजिक शान्ति भङ्ग गर्ने गतिविधि गर्दै आएका थिए ।