२०८३ जेठ १८ , सोमवार

बजेटमाथि प्रतिनिधि सभामा आजबाट छलफल

bujet

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८३-८४ को बजेटमाथि आजबाट छलफल सुरु हुँदै छ ।

यही जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

 

प्रतिनिधि सभाको  आज दिउँसो १ बजे बस्ने बैठकमा मन्त्री वाग्लेले ‘आर्थिक वर्ष २०८३र८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि सांसदहरुले छलफलमा भाग लिने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।