२०८३ जेठ १७ , आइतवार

कंगना रनौतको गोप्य विवाहको चर्चा

capture_vBeXU8qjmr

सुनाखरी न्युज/ काठमाडौं ।

भाइरल क्लिपमा कङ्गनाले मङ्गलसूत्र र हरियो चुरा लगाएको देखिन्छ, जसले उनको फ्यानहरूलाई चकित पारेको छ ।

सामाजिक सञ्जालमा अभिनेत्रीले गोप्य रूपमा विवाह गरेकी हुन् कि भनेर अड्कलबाजी चलिरहेको छ ।कंगना रनौत फेरि एक पटक सामाजिक सञ्जालमा छाएकी छिन् ।

साधारण खालको हलुका गुलाबी सलवार–सुटमा सजिएकी कंगना एकदमै प्यारी देखिएकी छिन् ।भिडियोमा उनले मिडियासँग कुराकानी गरिनन् । तर क्यामेराको अगाडि पूर्ण रूपमा शान्त थिइन् ।