
सुनाखरी न्युज/ काठमाडौं ।
टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । तुलसा पछिल्लो समय चीनमा बस्दै आएकी थिइन्। तर त्यहाँबाट उनी थाइल्यान्ड पुगेपछि इन्टरपोलले पक्राउ गरेको हो। उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा पेस गर्ने तयारी छ।
उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो । अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए ।
मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् । तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीले व्यवसायीलाई बलात्कार मुद्दामा फसाउँछु भनेर लगातार ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोप लगाएका छन् । उनलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइदैँछ ।