
सुनाखरी न्युज/ काठमाडौं ।
HONOR Nepal ले अत्याधुनिक स्मार्टफोन प्रविधिको नयाँ युग नेपालमा ल्याउँदै HONOR 600 र HONOR 600 Pro सार्वजनिक गरेको छ। उन्नत AI फिचरहरू, प्रिमियम डिजाइन, र फ्ल्यागशिप स्तरको प्रदर्शनसहित तयार गरिएको यो नयाँ सिरिजले दैनिक क्षणहरूलाई असाधारण अनुभवमा परिवर्तन गर्ने लक्ष्य राखेको छ। आकर्षक डिजाइन र स्मार्ट इनोभेसनको संयोजनसहित HONOR 600 Series ती प्रयोगकर्ताका लागि निर्माण गरिएको हो, जो हरेक दिन अझ धेरै सिर्जना गर्न, कैद गर्न, र अनुभव गर्न चाहन्छन्। स्टाइलिस र प्रिमियम डिजाइनसहित तयार गरिएको HONOR 600 Series ले उत्कृष्ट इन-ह्यान्ड फिलसँगै आधुनिक जीवनशैलीका लागि शक्तिशाली प्रदर्शन प्रदान गर्दछ।
HONOR 600 मा Snapdragon 7 Gen 4 (4nm) प्रोसेसर प्रयोग गरिएको छ, जसले दैनिक multitasking का लागि छिटो र प्रभावकारी प्रदर्शन प्रदान गर्दछ। यसमा रहेको नयाँ AI Image to Video 2.0 फिचरले प्रयोगकर्तालाई आफ्ना तस्वीरहरूलाई 5 सेकेन्डको AI-generated भिडियो स्टोरीमा परिवर्तन गर्ने सुविधा दिन्छ, जसले content creation लाई अझ सिर्जनात्मक र interactive बनाउँछ। HONOR 600 मा Moving Photo Eraser Tool र Ultra-Clear Night Mode जस्ता विशेष फिचरहरू पनि समावेश छन्, जसले कम उज्यालोमा पनि स्पष्ट र विस्तृत फोटो खिच्न सहयोग गर्दछ। विशाल 7000mAh ब्याट्री, 80W wired fast charging, र 27W reverse wired charging सपोर्टसहित HONOR 600 दिनभर प्रयोग गर्न सक्षम बनाइएको छ।
HONOR 600 निम्न भेरियन्टहरूमा उपलब्ध हुनेछः
• 8GB + 256GB – रु. 84,999
• 12GB + 256GB – रु. 89,999
HONOR 600 खरिद गर्ने ग्राहकहरूले प्राप्त गर्नुहुनेछः
• HONOR Choice Watch 2 Pro (मूल्य रु. 15,999) बिल्कुल निःशुल्क
• EFIX Protection Service Offer
अझ उन्नत अनुभव प्रदान गर्दै HONOR 600 Pro मा Snapdragon 8 Elite (3nm) प्रोसेसर समावेश गरिएको छ, जसले ultra-fast responsiveness, शक्तिशाली AI क्षमता, र seamless premium smartphone experience प्रदान गर्दछ। HONOR 600 Pro मा रहेको AI Image to Video 2.0 फिचरले प्रयोगकर्तालाई विभिन्न तस्वीर र text prompts प्रयोग गरेर cinematic AI-generated stories बनाउन सक्षम बनाउँछ।
फोटोग्राफी प्रेमीहरूका लागि HONOR 600 Pro मा 200MP मुख्य क्यामेरा with OIS, 50MP telephoto lens with 3.5x optical zoom, र 12MP ultrawide camera सहितको शक्तिशाली flagship camera setup उपलब्ध छ, जसले विभिन्न परिस्थितिमा उत्कृष्ट clarity, zoom capability, र dynamic photography performance प्रदान गर्दछ। साथै, 7000mAh ब्याट्री, 80W wired charging, 50W wireless charging, र 27W reverse wired charging सपोर्टले दिनभरको शक्तिशाली performance सुनिश्चित गर्दछ।
HONOR 600 Pro निम्न भेरियन्टमा उपलब्ध हुनेछः
• 12GB + 256GB – रु. 129,999
HONOR 600 Pro खरिद गर्ने ग्राहकहरूले प्राप्त गर्नुहुनेछः
• HONOR Choice Watch 2 Pro (मूल्य रु. 15,999) बिल्कुल निःशुल्क
• HONOR Choice Clip Earbuds (मूल्य रु. 10,999) बिल्कुल निःशुल्क
• EFIX Protection Service Offer
लन्चको अवसरमा HONOR Nepal ले HONOR 600 Series खरिद गर्ने ग्राहकहरूका लागि सीमित अवधिको आकर्षक अफरहरू पनि ल्याएको छ।
HONOR 600 Series नेपालभरका आधिकारिक HONOR retail stores मा सीमित अवधिका लागि उपलब्ध हुनेछ।