
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड यतिबेला घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।
विरामी भएकै कारण उनी सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा पनि सहभागी नभएको आचार्यले जानकारी दिए ।
‘उहाँ हिजोदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । राति ज्वरो आयो । डाक्टरहरुले आराम गर्न सल्लाह दिनुभएकाले कतै जानु भएको छैन,’ आचार्यले भने । रुघा खोकिसहितको समस्या देखिएपछि प्रचण्ड शुक्रबार पार्टी केन्द्रीय कमिटीको भर्चुअल बैठकमा समेत सहभागी भएका थिएनन्।