
सुनाखरी न्युज/ काठमाडौं ।
आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । दिउँसो २ : ३० बजे बस्ने बैठकले बजेटलाई अन्तिम स्वीकृति दिनेछ। त्यसपछि मात्रै संसद्मा बजेट पेश गरिने प्रक्रिया अघि बढ्नेछ।
नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/ ८४ को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।