
सुनाखरी न्युज/ काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले आज देशैभर वर्षाको सम्भावना औंल्याएका छन् । रातिदेखि नै जारी वर्षा आज पनि कायम रहने भएको हो । देशैभर भएको वर्षाले गर्मीमा राहत मिलेको छ ।
मौसमविद बिनु महर्जनका अनुसार पानी पार्ने यो प्रणाली क्रमश: पूर्वतिर सरिरहेको छ । गण्डकी र लुम्बिनीका केही जिल्लामा अहिले पनि पानी परिरहेको छ । त्यसको प्रभावले काठमाडौं उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशमा पनि वर्षा हुने पूर्वानुमान गरिएको हो । ‘अहिले केही कम भए पनि आज दिउँसो देशैभर वर्षा हुने सम्भावना छ । आजै राति तराई र पहाडी क्षेत्रमा हावाहुरी चल्नसक्ने सम्भावना पनि छ,’ मौसमविद महर्जनले भनिन्, ‘केहीबेर रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ ।’
उनका अनुसार कुनै–कुनै ठाउँमा भारी वर्षा हुने सम्भावना पनि छ । गएराति काठमाडौं उपत्यकामा पनि ठूलो पानी परेको थियो ।
ललितपुरको खुमलटारस्थित अटोमेटिक स्टेसनले एक घण्टा अवधिमै ५४.८ मिलिमिटर वर्षा मापन गरेको थियो । तर आज बिहान हेर्दा खुमलटारको वर्षा मापन ५५.४ मिलिमिटर देखिएको थियो ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६०।५ मिलिमिटर वर्षा मापन भएको थियो ।
विद महर्जनले जानकारी दिइन् ।