
सुनाखरी न्युज / काठमाडौं ।
नेपाली बजारमा आज ( बिहीबार ) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ ।
बुधबार सुनको मूल्य २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि २१५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २१५ रुपैयाँको घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।