२०८३ जेठ १४ , बिहिवार

पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर

x1779951685-JnXy0.jpg.pagespeed.ic.0Zhg8dgQW0

 

सुनाखरी न्युज / काठमाडौं ।

पोखराको पृथ्वीचोकमा सरकारी जग्गा कब्जा गरेर विभिन्न राजनीतिक दलहरूले बनाएका भवनमा डोजर चलाइएको छ । सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको हो । ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडासमेत उठाउँदै आइरहेका थिए ।

आज पोखरा महानगरपालिकाले प्रमुख राजनीतिक दल र सामाजिक संघ संस्थाका ९ वटा भवनमा डोजर चलाएको हो । पोखरा महानगरले खोलाघर क्लियर गर्ने अभियान आइतबारदेखि निरन्तर चलाइरहेको छ ।

हङकङ बजारको अगाडि आज डोजर लगाइएको संरचनाका व्यवासायीले रातिसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए । यो ठाउँमा सहाराले सञ्चालन गरेको सार्वजनिक शौचालयसमेत छ ।

संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएको थियो । त्यसको म्याद जेठ ९ गते सकिएको थियो। यहाँका संरचना हटाएर सडक चौडा गराइने मेयर धनराज आचार्यले बताएका छन् ।