२०८३ जेठ १३ , बुधवार

सेयर कारोबार ६ अर्ब नाघ्यो

Nepse-0

सुनाखरी न्युज/ काठमाडौं ।

आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट आउनु अघि लगानीकर्ताहरू आशावादी देखिन थालेका छन्।

सेयर बजार परिसूचक नेप्से कारोबार रकममा सुधार देखिन थालेको छ।

एक महिनापछि बुधबार  कारोबार रकम ६ अर्ब रूपैयाँ कटेको छ।

यसअघि वैशाख १५ गते ६ अर्ब ५३ करोड रूपैयाँको कारोबार भएको थियो।

त्यसयता कुनै दिन कारोबार रकम ६ अर्ब नाघ्न सकेको थिएन। बुधबार ६ अर्ब तीन करोड रूपैयाँको कारोबार भएको हो।

बुधबार नेप्से परिसूचक भने ४.९९ प्रतिशतले बढेर २७८२ विन्दुमा पुगेको हो।

यसदिन कारोबारमा १५१ कम्पनीको मूल्य बढेर कारोबार भएको छ भने १०५ वटाको घटेको छ।

कारोबारमा आएका मध्ये चार समूहगत परिसूचकमा सुधार हुन सकेन।

वित्त कम्पनी, होटेल, उत्पादन र अन्य समूहगत परिसूचक घटेका हुन्।