
सुनाखरी न्युज/ काठमाडौं ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु दुई लाख ९१ हजार ५०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९० हजार ५०० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । मङ्गलबार प्रतितोला रु पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु पाँच हजार ८० निर्धारण भएको छ । रासस