
सुनाखरी न्युज/ काठमाडौं ।
दुग्ध विकास संस्थान ( डिडिसी ) ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड भुक्तानी गरेको छ ।
पछिल्लो चार महिनाकोे करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान ( डिडिसी ) को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक एक करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।
निजी क्षेत्रका डेरी उद्योगले किसानलाई तीन अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था ( डिडिसी ) ले ४६ करोड भुक्तानी गर्न बाँकी रहेको बताइन्छ । रासस