२०८३ जेठ १३ , बुधवार

डीडीसीले गर्‍यो दूध किसानको १२ करोड बक्यौता भुक्तानी

milk-chitawan2024-02-15-04-02-46-768×432

 

सुनाखरी न्युज/ काठमाडौं ।

दुग्ध विकास संस्थान  ( डिडिसी ) ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड भुक्तानी गरेको छ ।

पछिल्लो चार महिनाकोे करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान ( डिडिसी )  को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक एक करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रका डेरी उद्योगले किसानलाई तीन अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था ( डिडिसी )  ले ४६ करोड भुक्तानी गर्न बाँकी रहेको बताइन्छ । रासस