२०८३ जेठ १२ , मंगलबार

स्नो रिभर्सको आईपीओ आज बाँडफाँड हुँदै

snow-rivers-1068×561-1

सुनाखरी न्युज/ काठमाडौं ।

स्नो रिभर्स लिमिटेडले निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले गत वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज बाँडफाँड हुन लागेको हो ।

कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि कुल ७ लाख ७८ हजार १ सय २५ कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ७७ हजार ८१२ जना आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ७८ हजार १२५ कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।