२०८३ जेठ १२ , मंगलबार

संसदमा आरेन राईको प्रश्न : जिबी राई कहिले पक्राउ पर्छन् ?

aren-rai

 

सुनाखरी न्युज/ काठमाडौं ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी कसुरमा फरार रहेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक जिबी राई कहिले पक्राउ पर्छन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारलाई यी लगायतका प्रश्न गरेका हुन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘ ‘बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ?  सुकुमबासी र अव्यवस्थित बसोबासीको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार ?  बिजी राई कहिले पक्राउ हुन्छ सरकार ?  किसानहरुको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्र हुन्छ सरकार  ? ’, उनले भने, ‘सहकारी पीडितले पैसा पाउनुपर्छ त्यसमा जोडदारका साथ हामी माग गर्दछौं ।