२०८३ जेठ १२ , मंगलबार

उपचार खर्च फिर्ता गरिएकोबारे ओलीले दिएनन् जवाफ

_kp-oli1

सुनाखरी न्युज/ काठमाडौं ।

भीभीआईको उपचार खर्च पार्टीको कोषबाट फिर्ता गरिएकोबारे उठेको प्रश्नलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेका छन् । ‘कार्यकर्ताहरूको लेबीबाट उठेको कोषबाट पैसा सरकारलाई फिर्ता गरियो भनेर मिडियाहरूमा समाचार आएको छ,’ बिष्टले अध्यक्ष ओलीलाई सोधेका थिए, ‘भएको के हो ?  यस्तो गर्न मिल्छ कि मिल्दैन र? ’

बैठक स्रोतका अनुसार, चार दिनसम्म चलेर आइतबार राति सकिएको सचिवालय बैठकमा ओलीले यसबारे कुनै जवाफ दिएनन् । ‘गोकर्ण बिष्टले राखेको प्रश्नमा अरु पदाधिकारीहरूको पनि समर्थन देखिन्थ्यो । यसको जवाफ चाहिन्छ भनिएको थियो,’ स्रोत भन्छ, ‘तर ओलीले यसतर्फ कुनै जवाफ नदिई बैठक सकियो ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा राज्य कोषबाट विदेशमा भएको उपचार खर्च बेहोर्ने निर्णयमाथि छानबीन थालेपछि एमालेले पार्टी कोषबाट उक्त खर्च फिर्ता गरेको थियो । पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाललाई विदेशमा उपचार गराउँदा लागेको ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ एमालेले आफ्नो पार्टी कोषबाट फिर्ता गरेको छ ।