२०८३ जेठ १० , आइतवार

कञ्चनपुरमा होटल सञ्चालकमाथि सांघातिक हमला

1779614759-M48oP

सुनाखरी न्युज/ काठमाडौं ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित ग्रान्ड प्यासिफिक होटलका सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति आक्रमण भएको छ। राति ९ बजेतिर होटलमै बसिरहेको अवस्थामा ५/ ६ जनाको एउटा अज्ञात समूहले उनीमाथि कुटपिट गरेको हो।कुटपिटबाट घाइते भएका गोविन्दलाई राति नै महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो ।

आक्रमणबाट घाइते भएका गोविन्द उपचारपछि अहिले डिस्चार्ज भएका छन् । उक्त घटनाको सीसीटीभी फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घटना भएको यतिका समय भइसक्दा पनि कुटपिटमा संलग्न व्यक्तिहरू भने अझै पक्राउ पर्न सकेका छैनन्। प्रहरीले दोषीहरूको खोजी कार्यलाई तीव्र बनाएको बताएको छ। कञ्चनपुर प्रहरीका प्रवक्ता वीरेन्द्र थापाले घटनाको पुष्टि गर्दै दोषी समातिएपछि मात्रै वास्तविकता बाहिर आउने बताएका छन्।