२०८३ जेठ १० , आइतवार

पोखराको फिर्केखोलाका संरचना हटाउन डोजर चल्यो

1779600677-z6OnA

 

सुनाखरी न्युज/ काठमाडौं ।

पोखरा महानगरले फिर्केखोलाको खोलाघर मिचेर बनाइएका संरचना हटाउन डोजर चलाइएको छ । पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका ३ ठाउँबाट एकसाथ डोजर चलाइएको हो ।

पोखराको वडा नम्बर १८, अँधेरीकुनाबाट सुरु हुने फिर्केखोलाले पोखराका ३३ वडाहरूमध्ये ८ वटा वडाहरू छुन्छ । १८ वडाबाट सुरु भई वडा २, ४, ५, ६, ७, ८ र १७ भई बग्छ । खोलाघर खाली भएपछि मापदण्डभित्रका संरचना तथा फिर्के करिडोर परियोजनाबारे व्यापक छलफल गरी योजनाबद्ध रूपमा कार्यान्वयन गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन् ।

पहिलो चरणमा जिरो किमी र सिर्जना चोकको बीचमा फिर्केमाथि बनेका संरचना हटाइएको छ । वडानम्बर ६, वडानम्बर २ र १८ को सिमाना अँधेरी कुनादेखि संरचना भत्काउन सुरु गरी वडा नम्बर ४ तर्फ आउने छ ।