
सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको हो ।आज अध्यक्ष ओलीले बैठकमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची छ । त्यसअघि बोल्न केही सदस्यले धारणा राख्ने छन् ।शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरूले धारणा राखेका थिए ।
शुक्रबार र शनिबार बोल्ने अधिकांशले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । शनिबार महासचिव पोखरेलसहित, उपमहासचिव योगेश भट्टराई, रघुबिर महासेठ, सचिवहरु छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेल ओलीको विपक्षमा उभिएका थिए ।
शुक्रबार उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्ष पनि ओलीको विपक्षमै देखिएका थिए । उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल भने ओलीको पक्षमा उभिएका छन् । आज सचिव शेरधन राई, भानुभक्त, ढकाल, खगराज अधिकारी र राजन भट्टराईले धारणा राख्नेछन् ।