२०८३ जेठ ८ , शुक्रवार

नेपालले अमेरिकालाई दियो कीर्तिमानी लक्ष्य

gulsan-nad-dipendra

सुनाखरी न्युज/ काठमाडौं ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ।टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोड्यो। नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो। नेपालले यसअघि ओमानविरुद्ध यस मैदानमा ३१० बनाएको थियो।

नेपालको एकदिवसीयमा यो दोस्रो सर्वाधिक रन हो। नेपालले ८ जनवरी २०२५ मा डुन्डीमा स्कटल्याण्डविरुद्ध ३२१ रन बनाएको थियो। डा.  ईशान पाण्डेले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए। रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए।