२०८३ जेठ ८ , शुक्रवार

कालंगा हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

ipo

 

सुनाखरी न्युज/ काठमाडौं ।

कालंगा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० खुला गरेको छ ।यस निष्काशनमा जेठ १३ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।

शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले बझांगमा १५।३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गर्न अनुमति पाएको थियो ।  जसमध्ये १४ लाख कित्ता आयोजना प्रभावित र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकिएको छ ।बाँकी शेयरमध्ये १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि तथा १ लाख ५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।