२०८३ जेठ ७ , बिहिवार

१४ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

Share Building

सुनाखरी न्युज/ काठमाडौं ।

विहिबार नेप्से १४ अंकले बढेको छ। नेप्से सामान्य अंकले बढेता पनि कारोबार भने १० अर्ब नाघेको छ। बिहीबार २ करोड १६ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ।

बिहीबार १५९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ। बिहीबार गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, माथिल्लो हेवाखोला जलविद्युत लगायत कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा ३५ करोड २५ लाख रुपैयाँको कारोबार गरी जानकी फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ।