
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिपक्ष दल नेकपा ( एमाले) का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतङ्क नियन्त्रणका लागि ठोस कदम नचाले संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक संचालनमा कठिनाइ हुने बताए ।
सांसद राईले भने, ‘यदि कोही मानिसले बदमासी गर्यो भने उसलाई पुलिसले बाँधेर लैजान्छ । उसलाई जेलमा थुनिन्छ । आज बाँदरले सयौँ मानिसहरूको उठिबास लगाइसक्यो । सयौँ मानिसहरूले दाल, भात, तरकारी खान पाएनन् । यसबारेमा सरकार किन सिरियस् हुँदैन रु म भन्न चाहन्छु– यो सरकारले गर्ने थुप्रै कामहरूमा सबैभन्दा पहिला जनताको जीवनमा ठुलो समस्या भएको बाँदर छ ।
यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने जनजीवनको परिवर्तनमा ठुलो समस्या हुन्छ । उनले भने, ‘तत्काल रूपमा बाँदरको समस्या समाधान गर्नका निम्ति सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु।