
सुनाखरी न्युज/ काठमाडौं ।
बिहिबार नेपाली बजारमा सुन चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८८५ रुपैयाँ कायम गरिएको छ ।
साथै, आज सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। हिजो प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँ पुगेको छ।
महासंघले आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३३० रुपैयाँ तोकेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा आउने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक बिक्री मूल्य निर्धारण गर्दै आएको छ।