२०८३ जेठ ७ , बिहिवार

नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने

1779345681-O9Z7h

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्तामा प्रबन्धक कमल लामिछानेलाई तोकेको छ।

टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ता तोकिएको कम्पनीले बिहीबार जनाएको छ।

यस नियुक्तिसँगै कम्पनीले सञ्चार समन्वयलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।