
सुनाखरी न्युज/ काठमाडौं ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएकाले बिहीबार ९जेठ ७० शोक बिदा दिइएको छ । शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अदालतका पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिए ।
प्रधानको ९७ वर्षको उमेरमा बुधबार ९जेठ ६० निधन भएको थियो । रासस