२०८३ जेठ ६ , बुधवार

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले लिए शपथ

1779195930-Rdhmu

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडलले नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। शीतल निवासमा शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । शपथ समारोह प्रधानमन्त्री बालेन शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधानन्यायधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।

शपथ लिएसँगै प्रधानन्यायाधीश शर्माले आजै पदभार सम्हाल्नेछन्।शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित थिए।