
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ( कर प्रस्तावबाहेक ) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफसमेत दिनुभएको थियो ।
सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । ( रासस )