
नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ परेका छन् । नेपाल सरकारको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी शाही भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ कात्तिक ६ गते अन्तिम फैसला गर्दै शाहीलाई १ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।
फैसलापश्चात फरार रहेका शाहीलाई प्रहरीले खोजतलास गर्ने क्रममा २०८३ जेठ ४ गते बिहान ९ः३० त्रिपुराकोटबाट पक्राउ गरिएको हो ।डोल्पा जगदुल्ला गाउँपालिका९२ निवासी कांग्रेस जिल्ला उपसभापति शाहीलाई कैद तथा जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत डोल्पामा पनि शाही विरुद्ध दस लाखको बैकिङ कसुर मुद्दा छ । उनी विरुद्ध मुड्केचुला गाउँपालिका९१ का लंकबहादुर रोकायाले गत वर्षको मङ्सिरमा उजुरी दर्ता गराएका छन् ।