२०८३ जेठ ४ , सोमवार

कान्समा फिल्म फेस्टिभलमा सहभागी हुन सुनिता डंगोल फ्रान्स उडिन्

699946863_1303928151914734_5248052732722258915_n-768×512

 

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा सहभागी हुन आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । महानगर प्रवक्ता नवीन मानन्धरका अनुसार डंगोल एक्लै फेस्टिभलमा जान लागेकी हुन् । उनी त्यहाँ ४ दिन रहेर फेस्टिभलको अनुभव बटुल्ने तथा कान्स फेस्टिभलका प्रमुखलाई काठमाडौं भ्रमणको निम्तो समेत दिनेछिन्।

कान्सका मेयरले कार्यवाहक प्रमुख डंगोललाई पठाएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन-एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ । महानगरले निकट भविष्यमा आयोजना गर्न लागेको काठमाडौं फिल्म फेस्टिभलको पूर्वतयारी स्वरुप डंगोल कान्स जान लागेको प्रवक्ता मानन्धरको भनाइ छ। यो महोत्सवअन्तर्गत काठमाडौं महानगरका टोल टोलमा फिल्म फेस्टिभल आयोजनाको तयारी भैरहेको छ।

यसअघि तत्कालिन महानगर प्रमुख बालेन शाह पनि कान्स गएका थिए। युनेस्कोले काठमाडौं सहरलाई फिल्म सिटीको रुपमा घोषणा गरिसकेको छ। कान्स फिल्म फेस्टिभल २१ मेसम्म फ्रान्समा आयोजना हुनेछ।