२०८३ जेठ ४ , सोमवार

सुन्धारा कारागारबाट भागेकी सपना प्रेमीको डेराबाट पक्राउ

SAPANA-TAMANG

 

सुनाखरी न्युज/ काठमाडौं ।

सुन्धारा कारागारबाट मध्यराति भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो ।

जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् । कारागार प्रशासनका अनुसार उनी भुईँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेकी थिइन ।

तामाङ चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला भएपछि कैद भुक्तान गर्दै आएकी थिइन् । यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् ।