
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ ।
सुन तोलामा ८०० रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएको छ ।
सुन हिजो तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ बढे पनी चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजो तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।