२०८३ जेठ ३ , आइतवार

पार्लर जस्तै घरमै यसरी गर्नुहोस् फेसियल-अनुहारकाे छालामा चमक आउनेछ

OIP

सुनाखरी न्युज/ काठमाडौं ।

तपाईंको छालामा चमक चाहिन्छ तर पार्लर जानको लागि समय र बजेट छैन। त्यसैले तीन चरणमा अनुहारमा चमक ल्याउन सकिन्छ ।स्किन केयरको पहिलो चरण क्लेन्जिङ हो । यसका लागि बजारमा विभिन्न प्रकारका क्लेन्जर र फेस वास पाइन्छन् । तर यी उत्पादन महँगा मात्र नभइ रासायनिक तत्त्वयुक्त पनि हुन्छन् ।

घरेलु टोनरले अनुहार सफा गर्नुहोस्ः चामललाई राम्ररी धुनुहोस् र लगभग रातभर भिजाउनुहोस्। यस पानीलाई छानेर बिहान निकाल्नुहोस्। अब करिब एक चम्चा एलोभेरा जेल हाल्नुहोस् र मिलाउनुहोस्। यो टोनर कपासको प्याडमा राख्नुहोस् र अनुहार राम्ररी सफा गर्नुहोस्। यस टोनरको मद्दतले आफ्नो अनुहार दैनिक सफा गर्नाले छालाको दाग हटाउन मद्दत गर्दछ र अनुहारमा जमेको मृत छालालाई पनि हटाउन मद्दत गर्दछ।

सुखद पक्ष के हो भने हाम्रो भान्सामै यस्ता धेरै सामग्री उपलब्ध छन्, जसबाट सजिलै घरमै फेस वास बनाउन सकिन्छ । यो घरेलु फेस वासले छालालाई गहिरोसम्म सफा गर्छ र पिम्पल्स, अतिरिक्त तेल तथा निस्तेजपनको समस्याबाट राहत दिन सहयोग पुर्‍याउँछ ।

फेस वास बनाउन आवश्यक सामग्री
२ चम्चा बेसन
१ चम्चा कस्तुरी बेसार
२ चम्चा चन्दन पाउडर
१ चम्चा मुल्तानी माटो
१ चम्चा चामलको पीठो
एउटा एयरटाइट कन्टेनर

फेस वास बनाउने तरिका
सबै सामग्रीलाई एउटै भाँडोमा राखेर राम्रोसँग मिसाउनुहोस् । प्रयोगका लागि २ चम्चा मिश्रणमा गुलाबजल मिसाएर पेस्ट तयार गर्नुहोस् । छाला सुख्खा छ भने गुलाबजलको सट्टा दूध वा मह मिसाउन सकिन्छ । तयार पेस्ट अनुहारमा १०–१५ मिनेटसम्म लगाएर राख्नुहोस् र त्यसपछि चिसो पानीले अनुहार धुनुहोस् ।

फेस वासका फाइदा
घरमै बनाइएको यो फेस वास छालाका लागि बहुउपयोगी छ । बेसनले अनुहारको फोहोर, पसिना र अतिरिक्त तेल हटाएर छालालाई गहिरोसम्म सफा गर्छ र मृत कोष हटाउन मद्दत गर्छ । कस्तुरी बेसारमा रहेका एन्टिब्याक्टेरियल गुणले पिम्पल्स र डन्डीफोर कम गर्न सहयोग गर्नुका साथै छालालाई सफा र चम्किलो बनाउँछ । चन्दन पाउडरले छालालाई शीतलता प्रदान गर्छ, जलन र रातोपन घटाउँछ र प्राकृतिक चमक ल्याउन मद्दत गर्छ । मुल्तानी माटोले पोर्स सफा गरी अतिरिक्त तेल नियन्त्रण गर्छ । यसले तेलीय तथा पिम्पल९प्रोन छालालाई लाभ पुर्‍याउँछ । चामलको पीठोले छालालाई प्राकृतिक रूपमा एक्सफोलिएट गरी ट्यानिङ कम गर्छ र रंगत निखार्न सहयोग गर्छ । यी सबै सामग्रीबाट बनेको फेस वासले छालालाई सफा, मुलायम र स्वस्थ राख्न मद्दत गर्छ ।