२०८३ जेठ ३ , आइतवार

सालो भिनाबीचको विवाद बढेपछि।।।

death

 

सुनाखरी न्युज/ काठमाडौं ।
चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको घरायसी विवाद मृत्युमा परिणत भएको छ ।

भिनाजु समीले सालो मन्सुरीलाई गएराति घरायसी विषयमा विवाद बढेपछि चक्कु प्रहार गर्दा मन्सुरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अभियुक्त समीलाई नियन्त्रणमा लिइएको छ । मन्सुरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पठाइएको छ । (रासस)