२०८३ बैशाख ३१ , बिहिवार

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा जवाफ दिने

1777953014-Balendra Shah

 

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बुधबार तीन पटक बसेर स्थगित भएको बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री साहले आज सांसदहरुले प्रश्नको जवाफ दिने भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरुले जिज्ञासा राखेका थिए ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची रहेको छ भने त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची रहेको छ।

आजै अर्थमन्त्री डा.  स्वर्णिम वाग्लेले आव २०८३–८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक ) माथि छलफलका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने तालिका छ । यस्तै, प्रतिनिधि सभाका सदस्य गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ प्रस्ताव पेस गर्ने छन् ।