
सुनाखरी न्युज/ काठमाडौं ।
संसद्को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएको विषयले सदनमा लफडा भएको छ ।
विपक्षी दलका सांसदहरूले सदनमा उठेर प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरिरहेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बोल्न खोजे पनि सभामुखले समय दिएनन् । बैठकबाट बाहिरिने क्रममा उनले अन्य सांसदहरूलाई समेत संसद् बैठक छोडेर निस्कन आग्रह गरेका थिए। एमाले नेता रामबहादुर थापा ‘बादल’ ले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन सभामुखले दिएको आदेशको नेपाली कांग्रेस, एमाले र राप्रपा लगायतका दलहरूले उठेर विरोध जनाइरहेका छन्।
प्रधानमन्त्री अनुपस्थित भएको र विपक्षीको कुरा नसुनिएको भन्दै सदनमा लामो समयदेखि तनावपूर्ण स्थिति सिर्जना भएको छ। सांसद साम्पाङसँगै उनको पार्टीका अन्य सांसदहरूले पनि बैठक बहिष्कार गरेका छन्।