२०८३ बैशाख २९ , मंगलबार

सुनको भाउले बनायो नयाँ रेकर्ड, कति पुग्यो ?

Gold

 

सुनाखरी न्युज/ काठमाडौं ।

साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला ४ हजार ४ सय रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार बढेर ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन् ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँले बढ्दै ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।