२०८३ बैशाख २९ , मंगलबार

मुलुकको शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब बचतमा

nrb-nepal-rashtra-bank-1024×573

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक वर्ष चैतसम्म मुलुकको शोधनान्तर स्थिति अर्थात् भुक्तानी अवस्था (ब्यालेन्स अफ पेमेन्ट) ७ खर्ब ३१ अर्बले बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय स्थितिअनुसार चैत मसान्तसम्म शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब रुपैयाँ बराबर बचतमा देखिएको हो । शोधनातर स्थिति बचतमा रहनु भनेको समग्रमा मुलुकबाट बाहिरिनेभन्दा मुलुकमा भित्रिने रकम बढी हुनु हो ।

 

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यसै अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब १० करोड डलर बचतमा पुगेको हो ।

चैत मसान्तसम्म  चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब २२ अर्ब ६७ करोडले बचतमा रहेको थियो ।