२०८३ बैशाख २८ , सोमवार

सेयर बजारका सबै सूचक बढे, कारोबारमा वृद्धि

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३८.१९ अंक ९१.३९ प्रतिशत० बढेको छ ।

यो वृद्धिसँगै नेप्से २७८३ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकम अंक पनि हो । आज कारोबार खुलेदेखि नै बजारले अन्तिम समयसम्म वृद्धिको लय समात्यो । यसअघि शुक्रबार नेप्से २७ अंक बढेको थियो ।

 

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६१ करोडको भयो । २४७ कम्पनीको मूल्य बढेको छ भने १८ को घटेको छ । त्यस्तै ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । अन्य समूह सूचक सबेभन्दा धेरै २.११ प्रतिशत बढ्यो ।

 

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, रिडी पावर र साहस ऊर्जा छन् ।