२०८३ बैशाख २८ , सोमवार

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने

sparrow-sms

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड  (NEB)  ले शैक्षिक सत्र २०८२/ ८३ को माध्यमिक शिक्षा परीक्षा ९क्भ्भ्० को नतिजा छोटो समयमै सार्वजनिक गर्ने तयारी गरिरहँदा स्प्यारो एसएमएस ९जानकी टेक्नोलोजी प्रा. लि.  ले यस वर्ष पनि विद्यार्थीहरूको मोबाइलमै नतिजा उपलब्ध गराउने आफ्नो आधिकारिक साझेदारीलाई निरन्तरता दिएको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेकाले ५ लाखभन्दा बढी विद्यार्थी र अभिभावकलाई वेबसाइट डाउन हुने समस्या बिना नै ३५००१ सर्टकोडमार्फत नतिजा उपलब्ध गराउन उच्च क्षमताको प्राविधिक पूर्वाधार तयार गरिएको कम्पनीले जनाएको छ ।

स्प्यारो एसएमएसले विगत १६ वर्षदेखि एसएमएसमार्फत नतिजा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार सन् २०१० देखि सुरु भएको यो सेवा अहिले नेपालको डिजिटल पूर्वाधारको महत्वपूर्ण हिस्सा बनेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत Manoj Thapa ले विद्यार्थीहरूको जीवनको महत्वपूर्ण दिनलाई सहज बनाउन सेवा निरन्तर सुधार गरिएको बताए । उनका अनुसार काठमाडौंदेखि दुर्गम हिमाली क्षेत्रसम्मका विद्यार्थीले सामान्य मोबाइलमार्फत सजिलै नतिजा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

एसईई २०८३ को नतिजा सार्वजनिक भएपछि विद्यार्थी तथा अभिभावकले मोबाइलको मेसेज बक्समा गएर  SEEलेखी आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाएर जीपीएसहितको नतिजा प्राप्त गर्न सक्नेछन् । उदाहरणका लागि SEE 12345678A  टाइप गरी ३५००१ मा पठाउनुपर्नेछ ।