
सुनाखरी न्युज/ काठमाडौं ।
स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या हटाएर व्यवस्थित र जनमैत्री बनाउने गरी सरकारले तयारी गरिरहेको जानकारी दिएकी छन् । सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुभारम्भ गर्ने क्रममा उनले सो कुराको जानकारी दिएकि हुन् ।स्वास्थ्यमन्त्री निशा मेहताले हालको स्वास्थ्य बीमा प्रणालीमा केही पेचिला पक्षहरू रहेको स्वीकार गर्दै ती समस्यालाई कसरी सरल, प्रभावकारी र सर्वसुलभ बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयस्तरमै गहन अध्ययन र छलफल भइरहेको जानकारी दिइन् ।
उनका अनुसार स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको छ र निकट भविष्यमै नागरिकलाई सहज हुनेगरी नयाँ व्यवस्था सार्वजनिक गरिनेछ । उनकाअनुसार स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको छ । सरकारले चाँडै नै नागरिकलाई सहज हुनेगरि नयाँ व्यवस्था सार्वजनिक गर्ने उनले बताइन् । उनले भनिन्, ‘स्वास्थ्य बीमामा अलिकति पेचिलो छ । यसलाई कसरी सहजीकरण गर्न सकिन्छ र जनमैत्री कसरी बनाउन सकिन्छ भनेर हामी गहन छलफल गरिरहेका छौँ ।