२०८३ बैशाख २८ , सोमवार

सुनको भाउ घट्यो, चाँदी बढ्यो

gold-(4)_ufmo8stvl7_xYCEYxRbF6

सुनाखरी न्युज/ काठमाडौं

सोमबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ ।  अघिल्लो दिन २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ मूल्य बढेको हो । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ तोकेको छ ।अघिल्लो दिन ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत सोमबार ५ हजार ३० रुपैयाँमा सुनको कारोबार भएको थियो ।