२०८३ बैशाख २७ , आइतवार

हराएका ६५ ओटा मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता

Traffic-police-Nepal-768×512

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट हराएका ६५ थान मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई हस्तान्तरण गरेको छ ।ट्राफिक प्रहरीले आइतबार बग्गीखानामा सवारीधनीलाई मोटरसाइकल बुझाएको हो ।

आज ६५ वटा दुई पांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । दुई दर्जनबढी मोटरसाइकल उपत्यकाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला पारेर धनीलाई बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

धेरै जसो काठमाडौं उपत्यकाबाट पल्सर बाइक चोरी हुँदै आएको ट्राफिक प्रहरीको भनाइ छ ।ट्राफिक प्रहरीले सवारी साधन हराएमा तत्काल प्रहरीमा जानकारी दिन तथा सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।